घान्द्रुक पर्यटन महोत्सव सुरु

अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन: अध्यक्ष केसी

पाेखरा | फागुन ६, २०८२

घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।

 

घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरे ।

 

महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए ।

 

‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, हामीले वडा नम्बर ७ देखि ११ वडालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई कृषि क्षेत्रको रुपमा’, अध्यक्ष केसीले भने, ‘घान्द्रुकसँगै अन्नपूर्ण गाउँपालिकाका भित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौं ।’

 

अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्थानमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्रको स्थापना गरेको उल्लेख गरे ।

 

‘जति पनि पर्यटकहरु अन्नपूर्ण गाउँपालिका भित्र रहेका र यहाँबाट म्याग्दी लगायत विभिन्न पर्यटकीय स्थलमा जाने पर्यटकहरुलाई सजहजता बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र निर्माण गरेका छौं’, उनले भने, ‘सही सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तव्य र गतिविधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, पर्यटकलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एवं संस्कृतिसहित पर्यटनबारे जानकारी लिन सक्नेछन् ।’

 

उनले घान्द्रुक आउने पर्यटकहरुका बसाई लम्बाउन घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीँ क्लब कोँड (घान्द्रुक)ले अगाडि सारेका पूर्वाधार निर्माणमा गाउँपालिकाले बजेट विनियोजन गरेर सम्पन्न गर्न सहयोग पु¥याउने बताए ।

 

अन्नपूर्ण बेस क्याप जाने पर्यटकहरुको स्वास्थ्य जाँच गर्न गाउँपालिकाले बेस क्यापमा कर्मचारी नै खटाएर नियमित स्वास्थ्य चेकजाँच गर्दै पर्यटकहरुको सुरक्षालाई ध्यान दिएको उनले उल्लेख गरे ।

 

महोत्सवको अवसरमा घान्द्रुकमा निर्माणाधिन स्वास्थ्य चौकी निर्माण गर्न निशुल्क जग्गा प्रदान गर्ने होटल रोयल भ्यूका सञ्चालक राजु गुरुङ र घान्द्रुक समाज जापानका संस्थापक अध्यक्ष बुद्धि बहादुर गुरुङ (ज्या)लाई सम्मान गरिएको थियो ।

 

यस्तै महोत्सवमा झाँकी ¥यालीमा सहभागी समूहलाई समेत सम्मान गरिएको थियो ।

 

रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट रहेको बताए ।

 

‘महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको छ’, गुरुङले भने, ‘महोत्सवमा दिनमा हामीले खेलकुद प्रतियोगिता र साँझमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने छौं ।’

 

फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवको अवसरमा राष्ट्रव्यापी बास्केटबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता,भेडाको साँढ जुढाई प्रतियोगिता,रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता लगायतका प्रतियोगिता आयोजना गरिएको उपाध्यक्ष गुरुङले बताए ।  

 

महोत्सवको पहिलो दिन भएको राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उद्घाटन खेलमा अन्नपूर्ण गाउँपालिकाले विजयी सुरुवात गरेको छ । अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ्रे युथ क्लबलाई पराजित गरेको हो ।

 

बास्केटबल प्रतियोगिता लिग कम नकआउटको आधारमा सञ्चालन हुनेछ ।

 

उनका अनुसार बिहीबार घोडा दौड,शुक्रबार भेडाको साँढे जुधाइ प्रतियोगिता सञ्चालन हुनेछ ।

 

राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीय हुनेले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

यस्तै घोडा दौड प्रतियोगिताको प्रथम हुनेले १ लाख १ हजार १ सय ११, द्धितिय हुनेले ४० हजार ४ सय ४४, तृतीय हुनेले २० हजार २ सय २२,चौथो हुनेले ११ हजार पाँचौ हुनेले ९ हजार, छैठौं हुनेले ७ हजार र सातौं हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

घान्द्रुक चक्रिय पदमार्ग दौडको प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६, उपविजेताले ७ हजार ४ सय ४४ र तृतीय हुनेले ३ हजार ४ सय ४४ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

यस्तै छेलो प्रतियोगिताको विजेताले १६ हजार ६ सय ६६ र उपविजेताले ६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् ।

 

यस्तै महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिताका विजेताले समान ११ हजार १ सय ११ र उपविजेताले ५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

यस्तै भेडाको साँढ जुडाई प्रतियोगिताको प्रथम हुनेले ११ हजार, द्धितिय हुनेले ९ हजार,तृतीय हुनेले ७ हजार, चौथो हुनेले ५ हजार र पाँचौ हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

पोखराबाट साढे २ घण्टाको सवारी यात्रामा पोखरा बागलुङ सडक खण्डको नयाँपुल, विरेठाटीहुँदे घान्द्रुक पुग्न सकिन्छ ।

 

घान्द्रुकबाट भैसीखर्क–टाडापानी,वनठाटी, देउराली हुँदै म्याग्दीको घोडेपानी र घान्द्रुक हुँदै टाडापानी–इसरु, दोबाटो, मुल्डेहुँदै म्याग्दीको खोर्पा लेक र हिडन लेक जान सकिन्छ भने, घान्द्रुक,छोम्रोङ हुदै अन्नपूर्ण बेसक्यापसमेत जान सकिन्छ ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्